नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा मङ्सिर २८ गते दिउसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुदा गाडी मालिक ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । अधिकारी डुम्रेधारापानीका स्थानीय हुन् ।
डुम्रेधारापानीबाट कटहरेबेसी जादै गरेको उक्त जीप दुर्घटनामा सल्यान सारदा नगरपालिका–११ का २५ वर्षीय गाडी चालक रामबहादुर कुवर गम्भिर घाइते भएका छन् । उनलाई शनिबार सा“झसम्म हेलिकोप्टर मार्फत काठमाडौं लैजाने कोशिस गर्दा खराव मौसमका कारण असम्भव भएपछि दिक्तेल ल्याइदै गरेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । मृतकको शव पोष्टमार्टम्का लागि ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको डिएस्पी गौतमले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित