विकासमा स्थानीय बाधक

  • प्रकाशित मितिः मंसिर २५, २०७६
  • 1500 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २५–पर्यटकीय तथा धार्मिकस्थल बराहापोखरीको विकासमा स्थानीय बाधक बनेको गुनासो आएको छ । स्थानीयले जग्गा कब्जा गरेर बसेपछि बृहत गुरुयोजना कार्यान्वयनमा समस्या बनेको हो ।
बराहापोखरी गाउ“पालिका उपाध्यक्ष गोमा मगरका अनुसार बृहत गुरुयोजनामा मन्दिर, विभिन्न जातजातिको संग्रहालय, बसपार्क, गेट, बृद्धाश्रम, कुटी, जाग्रामस्थल, मन्दिर लगायतका विभिन्न भौतिक संरचना निर्माणमा समस्या आएको हो । बराहातालको बृहत्तर विकासका लागि विभिन्न योजना बनाइएको र त्यसका लागि जग्गा कब्जा गरेर बस्ने स्थानीय बाधक बनेकाले हटाउन समेत अनुरोध गरिएको मगरले बताइन् । 
यो ताल सरकारको एक सय गन्तव्यमध्ये पनि पर्ने भएकाले यसको विकासमा समस्या आएको उपाध्यक्ष मगरले सुनाइन् । संघीय सरकारले यो वर्ष ५० लाख बजेट दिएको र यसले विभिन्न काम गर्ने तयारी समेत गरिएको मगरले सुनाइन् । मगरका अनुसार यो बजेटले पोखरी वरिपरि पैदल मार्ग बनाउ“ने, तालमा जमेको बालुवा निकाल्ने, विभिन्न मन्दिरहरु बनाउ“ने लगायतको काम गर्ने योजना बनाइएको छ ।
स्थानीयले बराहाताल वरिपरि शंखेश्वरी गुठी तथा सार्वजनिक जग्गा मिचेर घर–टहरा बनाएकाले खाली पटक–पटक अनुरोध गर्दा समेत अटेर गरेको मगरले सुनाइन् । बराहाताल वरिपरि बसेका २४ वटा घर–टहरा हटाउ“न सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गरेको मगरले बताइन् । उनका अुनसार ६ महिने, तीन महिने, एक महिने, १५ दिने र सात दिने सूचना जारी गरिसक्दा समेत स्थानीयले अटेर गरेका छन् । 
जग्गा गरेर बस्ने स्थानीयलाई हट्न अनुरोध गर्दा हरिवोधनी एकादशी मेलासम्म बस्ने र त्यसपछि आफैले घर–टहरा हटाउ“ने सहमती समेत भएको थियो । ‘त्यसको समेत अवज्ञा भएपछि गाउ“पालिकाले हटाउ“नु पर्ने अवस्था आएको छ ।’ मगरले भनिन्–‘बराहातालको विकास, सबैको विकास भएकाले सहयोग गर्नु पर्नेमा अबरोध गर्नु राम्रो विषय होइन ।’
गाउ“पालिका अध्यक्ष शालिकराम बन्जराले गाउ“पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काममा बाधक बनेका र मापदण्ड विपरित बनाइएका घर तथा टहरा हटाउ“न प्रचलित कानुन अनुसार प्रक्रिया बढाइएको बताए । 
त्यसो तस्थानीयले कब्जा गरेको बराहतालस्थित शंखेश्वरी महादेव गुठीको जग्गा अफै फिर्ता गरेका छैनन् । मालपोतले दश वर्षअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरी आदेश दिए पनि अझै फिर्ता नगरेका हुन् । गुठीको नाममा भएको बराहाटार, चालीसे, सावाटारी, बाह«मुरेलगायतका जग्गा स्थानीय व्यक्तिहरूले कब्जामा लिएका हुन् । स्थानीय देवी रेग्मीका अनुसार बराहाटारस्थित गुठीको जग्गा स्थानीय ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुक्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङ, हङ्कङ् मगरलगायतले कब्जा गरेर घर बनाएका छन् । उनीहरूलगायत थुप्रैले खम्बा गाडेर जग्गा ओगटेका छन् । शंखेश्वरी महादेव गुठीको नाममा रहेको जग्गा विक्री नै भइसकेका छन् । महन्त गिरीका अनुसार करिब ५५ रोपनी गुठीको जग्गा विक्री भइसकेका छन् । 
उनका अनुसार स्थानीय बमबहादुर कार्की, तिलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कट्वाल, जीतबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का, चन्द्रबहादुर खत्री, हीरामाया कार्की, धनमाया“ थापा, डम्बरबहादुर मगर, बुद्धिमान मगर र खोटेहाङ गाउ“पालिका लिच्कीराम्चेका नरबहादुर अधिकारीले आफ्नो नाममा पास लिएका छन् । यी जग्गा गुठीयारले बिक्री गरेका हुन् । गुठीको अरु जग्गा कुन अवस्थामा छ भन्नेबारे आफूलाई थाहा नभएको गिरीले बताए । मालपोत कार्यालयका अनुसार गुठीको जग्गा व्यक्तिले रजिष्ट्रेसन गराएपछि २०४३ सालमा मुद्दा परेको थियो । मालपोतले मुद्दाको फैसला २०४७ सालमा गरेको थियो । फैसलापछि मालपोतले जग्गा फिर्ता गराउने आदेश दिएको थियो । यसबारे जिल्ला प्रशासनमा पटकपटक उजुरी आए पनि कारबाही हुन नसकेको महन्त गिरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित