गाउ“पालिका अध्यक्षको गाडीमा आगजनी

  • प्रकाशित मितिः मंसिर २३, २०७६
  • 1730 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २३–रावाबेसी गाउ“पालिका अध्यक्ष लाीलानाथ निरौलाको गाडीमा आइतबार राती अज्ञातद्वारा आगजनी भएको छ । रावाबेसी गाउ“पालिका–५ दुबेकोलस्थित घर नजिकै (दश मिटरमाथि सडकमा) पार्किङ गरेर राखेको बा २ झ ३५२४ नम्बरको स्कारपी गाडीमा राती बाह« बजेर ५८ मिनेट जादा आगजनी गरेका हुन् । 
राती बाह« बजेर ५५ मिनेटमा गाडीको साइरन बजेको र त्यसको तीन मिनेटपछि ठूलो आवाजपछि आगजनी भएको अध्यक्ष निरौलाले बताए । सोमबार विहान घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले भने–‘घटनास्थलको अवस्था हेर्दा आगजनीजस्तो देखिन्छ ।’
गाडी आगलागीपछि दुई घण्टामा प्रहरी घटनास्थल पुगेको थियो । रावाबेसी गाउ“पालिकाको केन्द्र हरटारबाट खटिएको प्रहरीले आगो नियन्त्रण गरेको थियो । जिल्लामा अज्ञातद्वारा आगजनीको श्रृङ्खला बढेको छ । गत १४ गते राती पनि चार वटा एक्साभेटरमा आगजनी गरिएको थियो । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा–दिक्तेल सडक खण्डमा काम गर्दै गरेको चार वटा एक्साभेटर आगजनी भएको थियो । 
उक्त सडक अन्तरगत चखेवा–दिक्तेल सडक खण्ड कालोपत्रेका काम गरिरहेको गोल्डेन गुड जेबी कन्ट्रक्सनको स्काभेटरमा आगजनी भएको थियो । कसले आगजनी गरेको भन्ने प्रहरीले खुट्टयाउ“न सकेको छैन । आशंका भने विप्लव समूहसंग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित