ग्रामीण सडक बन्द

  • प्रकाशित मितिः असार २६, २०७५
  • 1710 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २६–झरीले जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन् । लगातारको झरीले हिलाम्य भएपछि जिल्लाका प्राय सबै ग्रामीण सडकहरु करिब एक महिनादेखि बन्द भएका हुन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी, ऐसेलुखर्क र रावाबेसी गाउ“पालिकाको ग्रामीण सडक बन्द भएका छन् । उक्त पालिकाहरुमा यातायात अबरुद्ध हुदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
त्यस्तै साकेला, दिप्रुङचुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा, बराहापोखरी लगायतका गाउपालिकाहरु तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ग्रामीण सडक पनि अबरुद्ध भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए । उनका अनुसार दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–निर्मलीडाडा, दिक्तेल–टेम्मा, दिक्तेल–रेग्मीटार, दिक्तेल–खोटाङबजार, दिक्तेल–राजापानी लगायतमा यातायात सञ्चालन बन्द भएको छ । यसले सयौ गाडी थन्किएर बसेको हिङमाङले सुनाए ।
यसबाहेक मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–चखेवा सडक समेत अबरुद्ध भएको छ । निर्माण कम्पनीले चौडा बढाउन खनेर त्यत्तिकै छाडेकाले सडक हिलाम्य बनेको छ । कम्तिमा सडक सञ्चालन होस् भनेर पटक–पटक सम्वन्धित निर्माण कम्पनीलाई अनुरोध गर्दा समेत नटेरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए । उसो त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल बजारमा समेत सडकको अवस्था बेहाल छ ।
शहरसंग सिधा सम्वन्ध गास्ने मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–काठमाडौं, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–गाइघाट, दिक्तेल–कटारी यातायात भने सञ्चालनमा छन् । त्यस्तै दिक्तेल–बुइपा र दिक्तेल–जालपा ग्रामीण सडक पनि सञ्चालनमा छन् । हिङमाङका अनुसार जिल्लामा खोटाङ यातायात प्रालि, मध्यपहाडी, हिमाल तराई, सगरमाथा यातायातको करिब सय वटा बस र सयकै हाराहारिमा जिप सञ्चालनमा रहेको थियो । सडक अबरुद्ध भएपछि यि गाडी थन्किएको हिङमाङको भनाई छ । यातायात नचलेपछि सर्वसाधारणलाई सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित