बस दुर्घटनाका तीन घाइते काठमाडौं पठाइयो
- प्रकाशित मितिः कार्तिक १३, २०७६
- 1188 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाडा“ बस दुर्घटनामा घाइतेमध्ये तीन जनालाई काठमाडौं पठाइएको छ । दिक्तेलबाट विराटनगर जादै गरेको बस कात्तिक १३ गते विहान करिब पा“च बजेतिर दुर्घटना हुदा एक गर्भवती सहित १४ जना घाइते भएका थिए ।
प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार को १ ख ६२२० नम्बरको बस दुर्घटना घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २३ वर्षीया कल्पना आचार्य घिमिरे, २२ वर्षीय मिलन आचार्य र २० वर्षीय प्रकाश रिजाललाई हेलिकोप्टर मार्फत त्यसै दिन दिउसो काठमाडौं पठाइएको छ । अन्य पा“च जना दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । छ जना भने दिक्तेल अस्पतालमा उपचारपछि घर फर्किएको खोटाङका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।
डिएस्पी चौतमका अनुसार इटहरी नगरपालिका–४ की २२ वर्षीया मनकुमारी राई, उनका छ वर्षीय छोरा आकाश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २३ वर्षीया मनिषा विश्वकर्मा, उनकी तीन वर्षीया छोरी समीक्षा विश्वकर्मा र १९ वर्षीय सुमन आचार्यको दिक्तेल अस्पतालमै उपचार भइरहेको छ । यसमध्ये मनिषा विश्वकर्मा गर्भवती हुन् । उनको पेटमा २४ हप्ताको बच्चा रहेको र खतरामुक्त देखिएको दिक्तेल अस्पतालका डाक्टर नारायण बरालले बताए ।
चालक जेवी तामाङ फारार रहेको डिएस्पी गौतमले सुनाए । बस सडक भन्दा करिब ५० मिटर तल खसेको थियो । के कारण दुर्घटना भयो भन्ने खुल्न नसकेको डिएस्पी गौतमले सुनाए । दुर्घटनाबारे अनुसन्धान गरिने डिएस्पी गौतमले सुनाए ।