बस दुर्घटनामा १४ जना घाइते

  • प्रकाशित मितिः कार्तिक 13, 2076
  • 202 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–दिक्तेलबाट विराटनगर जादै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । को १ ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका वडा नं–१० अर्खौलेस्थित कामीडाडा“मा बुधबार विहान करिब पा“च बजेर बीस मिनेट जादा दुर्घटना हुदा १४ जना घाइते भएका हुन् ।
घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार १४ मध्ये दुई जना भने सामान्य घाइते छन् । चालक जेवी तामाङ फारार रहेको डिएस्पी गौतमले सुनाए । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन । केही समयपछि खुल्ने डिएस्पी गौतमले सुनाए ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित