कारबाहीको माग

  • प्रकाशित मितिः असार २५, २०७५
  • 2640 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता- 
खोटाङ, असार २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठनहरुले कारबाहीको माग गरेका छन् । युवा संघ नेपाल, अनेरास्ववियु, वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई ज्ञापनपत्र बुझाउ“दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि कारबाहीको माग गरेका हुन् । 
प्रमुख प्रशासकीय अधिकृत पोखरेलले आफ्नो क्षेत्राधिकार बाहिर काम गरेको भन्दै कानूनी कारबाही गर्न प्रजिअसमक्ष माग गरिएको युवा संघका केन्द्रीय सदस्य दीलचक्र राईले बताए । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनप्रतिनिधिलाई वडा नम्बर १४ र १५ को खाता रोक्का गरेर गैरकानुनी रुपमा प्रस्तुत भएकाले कारबाहीको माग गरिएको राईले सुनाए । ‘प्रमुख प्रशासकीय अधिकृत पोखरेलको गतिविधि गैरकानुनी भएकाले कारबाहीको माग गरिएको हो ।’ राईले भने–‘कारबाही नभए अरु आन्दोलन चर्काइने छ ।’ 
प्रमुख प्रशासकीय अधिकृत पोखरेलको उक्त गतिविधिको विषयमा नगरकार्यपालिकाको बैठकमा छलफल गर्दा राजनीतिकरण गरेको ज्ञापनपत्रमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई प्रजिअले तत्काल कानूनी कारबाही नगरेमा संगठनको तर्फबाट कारबाही गर्ने ज्ञापनपत्रमार्फत चेतावनी दिइएको छ । 
प्रमुख प्रशासकीय अधिकृत पोखरेलले दुईवटा वडा कार्यालयको खाता रोक्का गर्दा सामाजिक सुरक्षाभत्ता लगायतका बजेट निकासा नभएपछि सेवाग्राही मारमा परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१५ का विरेन्द्र ढकालले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने खाता फुकुवा भइसकेको बताए । आर्थिक वर्ष सकिन लाग्दा प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षहरुबीच दूरी बढेपछि नगरको काम कारबाहीमा समस्या आएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित