‘माछा पर्यटन’

  • प्रकाशित मितिः कार्तिक ९, २०७६
  • 1360 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
तापखोला (खोटाङ) कात्तिक ९–जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तापखोला र राखोलामा माछा मार्न आउनेहरुको जमघट बढेको छ । यो क्षेत्रमा असला प्रजातिको माछा प्रसस्त पाइने भएकाले माछा मार्न हुरुक्कै हुनेहरु बढेका हुन् । यसलाई स्थानीयले ‘फिसिङ पर्यटन’को नाम दिएका छन् ।
तापखोला केपिलासगढी गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बीचमा पर्ने खोला हो भने राखोला केपिलासगढी गाउ“पालिका र ऐसेलुखर्क गाउ“पालिकाको बीचको खोला हो । यहा“ माछा मार्न विभिन्न ठाउ“बाट युवाहरु झुम्मिने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा साबालुङ तापखोलास्थित होटल व्यवसायी कैलाश राईले बताए ।
राखोला, तापखोला असला माछा प्रख्यात भएकाले यसका लागि आउने गरेको राईले सुनाए । उनका अनुसार दैनिक हुलका हुल युवाहरु माछा खान आउने गरेका छन् । यहा“ जाल, तिप र दुवाली फर्काएर माछा मारिन्छ । प्रतिकेजी छ सय रुपैया“मा असला माछा पाइन्छ । अन्य माछाको तुलनामा असला मिठो र पोष्टिकतत्वले भरिपूर्ण भएकाले यसतर्फ आकर्षित भएको केपिलासगढी गाउ“पालिका वडा नं ५ का वडाअध्यक्ष खगेन्द्र राईले बताए । राखोला र तापखोलाको असला माछा बाक्सिला, ऐसेलुखर्क र जालपा बजारमा पाइने राईले जनाए ।
राखोला र तापखोलाको असला माछा दिक्तेलमा समेत पुग्ने गरेको छ । यहा“को माछा दिक्तेलमा भने प्रतिकेजी एक हजार रुपैया“सम्म विक्री हुने गरेको छ । ‘राम्रो दाम पाएपछि स्थानीय युवा माछा मार्न मरिहत्ते गर्छन् ।’ वडा अध्यक्ष राईले भने–‘यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुगेको छ ।’
राखोला र तापखोला क्षेत्रमा विष, करेन्ट र विष्फोटक पदार्थबाट माछा मार्न निषेध गरिएको छ । कसैले माछा मारे जरिवाना समेत गरिएको केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए । केपिलागढी गाउ“पालिका वडा नं ७ सुङ्देलस्थित राखोलामा करेन्टले माछा मार्नेलाई दश हजार जरिवाना समेत गराइएको अध्यक्ष राईले सुनाए । सन २०२० को पर्यटन वर्षमा फिसिङ पर्यटन प्रबद्र्धन गर्ने योजना बनाइएको अध्यक्ष राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित