बाटाहरु (कविता)

  • प्रकाशित मितिः कार्तिक ४, २०७६
  • 1069 पटक पढिएको
  • संवादताता

नाकारा–
बाटाहरु अनिगिन्ती छन्

मित्र †
तिमी कुन बाटो हि“डिरहेका छौ ?

भिरालो बाटो
चिप्लो बाटो
हिलाम्मे बाटो
र अक्करे बाटो त
म पो हि“डिरहेको छु †

म बाट छुट्टिएर
गएदेखि
मबाट उछिट्टिएर
हि“डेदेखि
तिमी कुन बाटो हि“डिरहेका छौ मित्र ?

खासमा नसोध्दा पनि हुन्थ्यो मैले
तर चम्चे बाटो
धुपौरे बाटो
र लम्पसार बाटोले
मलाइ खुब दुःख दिन थालेको छ आजभोलि ।

मलाई पटक–पटक शङ्का लागिरहेकोछ
तिमी कुन बाटो हि“ड्दैछौ मित्र ?

भइगयौ टाढा
तर सम्झना छ मनैमा धित् मर्नेगरी ममा
बस् † कुरो यत्ति हो
‘म’बाट जोगिएर हि“ड्नु ।।।
प्रकाशित मिति २०७६ कात्तिक ४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित