यातायात अबरुद्ध, यात्रु अलपत्र

  • प्रकाशित मितिः आश्विन १, २०७६
  • 2951 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–अविरल झरीले पहिरो जा“दा यातायात अबरुद्ध भएको छ । लगायतारको झरीले पहिरो जादा खोटाङ–काठमाडौ, खोटाङ–तराई जोड्ने सडक अबरुद्ध हुदा सयौ यात्रु अलपत्र परेका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङका विभिन्न ठाउ“हरुमा र सिन्धुलीको च्याखुटार, घुर्मी लगायतका ठाउ“मा पहिरो जादा खोटाङबाट काठमाडौं र काठमाडौंबाट खोटाङ आउ“दै गरेका सवारी साधन रोकिदा यात्रु अलपत्र परेका छन् । मङ्गलबार काठमाडौंबाट खोटाङ आउदै गरेको बस, जीप लगायतका सवारी साधन र खोटाङबाट काठमाडौं हिडेको बस, जीप लगायतका सवारी साधन बाटैमा अलपत्र परेका छन् । यसले करिव तीन सयको हाराहारीमा यात्रु अलपत्र परेको खोटाङ यातायातका सचिव रामकुमार हिङ्माङले बताए ।
यसबाहेक सडक अबरुद्धले खोटाङ–धरान, खोटाङ–विराटनगर लगायतका सडक समेत अबरुद्ध छन् । अविरल झरीले जिल्लाभर सडक अबरुद्ध छन् । दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम, दिक्तेल–पन्चमी लगायतका सडक अबरुद्ध छन् ।
यातायात बन्द भएपछि नखुलिन्जेलसम्मका लागि टिकट समेत बन्द गरिएको हिङ्माङले सुनाए । ‘अब बाटो नखुलिन्जेलसम्मका लागि टिकट समेत बन्द गरिएको छ ।’ हिङ्माङले भने–‘टिकट काटेर यात्रु अलपत्र पार्नु हुन्न भनेर बन्द गरिएको हो ।’
विभिन्न ठाउ“मा गएको पहिरो पन्छाउ“न तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । ‘विभिन्न ठाउ“मा पहिरो जादा यातायात अबरुद्ध छ ।’ प्रजिअ उपाध्यायले भने–‘अब पहिरो पन्छाउ“ने तयारीमा छौं ।’ उपाध्यायले थपे–‘तर कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो छैन ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित