नसकिदै भत्कियो मध्यपहाडी

  • प्रकाशित मितिः भदौ २७, २०७६
  • 1425 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २७–गौरवको आयोजना अन्तरगत पर्ने मध्यपहाडी लोकमार्गको बाझेच्यानडाडा“–दिक्तेल सडक नसकिदै भत्कन थालेको छ । पिचको काम नसकिदै टेवा पर्खाल, पुलको जीप र छेउ भत्कन थालेको हो ।
यो सडक खण्डको (८८ किलोमिटर) मध्ये दारुलाडाडा“–दिक्तेलसम्मको नौ किलोमिटर मात्र सडक सकिएको छ । च्यानडाडा“देखि दिक्तेलसम्मको सडक चार वटा प्याकेजमा निर्माण भइरहेको हो । यसमध्ये एक नम्बर च्यानडाडा–पेलुङसम्मको (१० किलोमिटर) ५५ प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ६० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ९० प्रतिशत मात्र काम भएको छ । चार नम्बर प्याकेज अन्तरगत कालिखोला–दिक्तेल (९ किलोमिटर) सडक माात्र सकिएको हो । 
सकिएको सडक पनि भत्किन थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको छाकालुङ खोलामा निर्माण गरिएको पुल भर्किनुका साथै त्यसको आसपासको सडकको छेउ भत्किएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा टेवापर्खाल भत्किएको छ । यसबाहेक अन्य दर्जनौ ठाउ“मा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको छ । कतिपय ठाउ“को कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउ“मा फिलिङमाटोमाथि नै पिच गरिएकाले चर्किएको छ । भत्किएको कल्भर्ड, चर्किएको पिच लगायतलाई टालटुल पारेर आ“खा छल्न खोजिएको भन्दै यसप्रति ध्यान दिनु पर्ने स्थानीयको भनाई छ । 
गुणस्तरहीन काम भएकाले सडक नसकिदै भत्किएको जनप्रतिनिधिहरुले समेत गुनासो गरेका छन् । ‘सडक नसकिदै भत्किन थालेको छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–६ का वडाअध्यक्ष माधव राईले भने–‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नु पर्छ ।’ सडकको गुणस्तरबारे पटक–पटक ध्यानाकर्षण गराइए पनि अटेर गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललेबताए । ‘निर्माणमा सम्वद्ध निर्माण कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर पटक–पटक गुणस्तरलाई ध्यान दिन अनुरोध गरिएको छ ।’ नगरप्रमुख रिजालले भने–‘त्यत्ति गर्दा पनि अटेर गरेकाले सम्वन्धित निकायमा लेखेर पठाउ“छौं ।’ 
गौरवका आयोजना अन्तरगतको सडक नसकिदै भत्किन थालेपछि यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘गौरवको आयोजना भएकाले यसको गुणस्तरमा कुनै संझौता हुन सक्दैन ।’ भट्टराईले भने–‘गुणस्तरहीन सडक बनेकाले भत्किन थालेको र यसबारे सरकारको ध्यानाकर्षण गराउ“छु ।’  
यो सडकको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । उक्त कम्पनीसंग संझौता गर्दा उल्लेख गरिएको समय सिमा नाघिसकेको छ । सबै प्याकेजको निर्माण अवधि सकिए पनि आगामी असारसम्ममा सक्ने गरी काम बढाइएको निर्माण कम्पनी सम्वद्ध साङ्गे सेर्पाले बताए । उनका अनुसार हरेक प्याकेजको काम दुई वर्षमा सक्ने गरी संझौता भएको थियो । यसअन्तरगत एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ बैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने संझौता गरिएको थियो । भूकम्प, सामग्री अभाव लगायतका कारण ढिलाई भएको सेर्पाको दाबी छ ।
गुणस्तरहीन कामले सडक भत्किएको भन्ने गुनासोको सन्दर्भमा फिलिङमाटो, भूकम्प र वर्षाद्का कारण सडकको छेउ र पर्खाल भत्किएको हुन सक्ने सेर्पाको तर्क छ । ‘फिलिङमाटो, भूकम्प, वर्षाद् लगायतका कारण भत्किएको हुनसक्छ ।’ सेर्पाले भने–‘फिनिसिङ नभएकाले सडक बुझाउ“दासम्म गुणस्तरीय हुन्छ ।’ स्थानीयले भने जनप्रतिनिधिहरुको बेवास्ता, अनुगमन अभाव लगायतका कारण सडक गुणस्तरहीन बनेको बताएका छन् । 
त्यसो त करिब एक अर्ब, नौ करोड, १९ लाख रुपैयाको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाई भएको सेर्पाले बताए ।
उसो त यो सडक खण्डमा आठ वटा पुलमध्ये चार वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अत्तोपत्तो नभएको सेर्पाले सुनाए । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको सेर्पाको भनाई छ । 
सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोला लगायतको पुल नबन्दा उक्त ठाउ“मा सडक अपूरै छ । उक्त भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको टेन्डर प्रक्रिया नै नबढेकाले समस्या भएको छ ।  यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल पनि अलपत्र छ । यहा“ रहेको धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल सार्नु पर्ने हुदा“ निर्माणमा ढिलाई भएको निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए । (कान्तिपुरबाट)

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित