सामाजिक बहिस्कारमा परेका बृद्ध पुनस्थापित हुन सकेनन्

  • प्रकाशित मितिः भदौ १०, २०७६
  • 1270 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १०–सामाजिक बहिस्कारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७६ वर्षीय टंकप्रसाद आचार्य अझै पुनस्थापित हुन सकेका छ्रैनन् । छुवाछुतमुक्त तथा जातीय विभेदविरुद्धको अभियान अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जेठ १८ गते सम्पन्न सहभोजमा दही खाएको निहुमा समाजबाट बहिस्कृत आचार्य अझै पुनस्थापित हुन नसकेका हुन् ।
आचार्यले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न निकायमा अनुरोध गर्दा समेत आफूले न्याय नपाएको गुनासो छन् । उनलाई दाजुभाइले बहिस्कार गरेको भन्दै प्रदेश सरकार र प्रशासनसमक्ष गुहार मागेका थिए । यद्यपि उनी पुनस्थापित सकेका छैनन् । आचार्यले अछिल्लो साता प्रदेश सरकारसमक्ष पुनस्थापनाको माग गरेका थिए । गत असार २ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीय कमलप्रसाद आचार्य, झमप्रसाद आचार्य, अर्जुनप्रसाद आचार्य, डिल्ली आचार्य लगायत विरुद्ध उजुरी समेत परेको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो । उजुरीमा उल्लेखित व्यक्तिहरुले बहिस्कार नगरेको भनेपछि साउन ७ गते मिलापत्र भएको थियो । तर आचार्यको पितृपूजा(सराद्ध)मा पुरोहित नै नआएपछि थप पिडामा डुबेका छन् । आचार्यले पटक–पटक आत्म हत्यासम्मको प्रयास गरेपछि चौतर्फी निन्दा भएको छ । आचार्यलाई सामाजिक अभियान्ताको रुपमा जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, मनोज स्मृति प्रतिष्ठान लगायतले सम्मान गरे पनि सामाजिक बहिस्कारको विषयले बृद्ध आचार्य विक्षिप्त छन् । आचार्यको पुनस्थापनाका लागि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङले पनि पहल गरिरहेको आयोग खोटाङका प्रमुख सुवोध पोखरेलले बताए । ‘पुनस्थापितका लागि प्रहरी प्रशासनलाई सुझाव दिइएको छ ।’ पोखरेलले भने–‘प्रहरी प्रशासनले छिट्टै समस्या समाधान गर्छ होला ।’ 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित