‘दसैं र तिहार, चेलीलाई उपहार' अभियान यो वर्ष पनि सञ्चालन गरिने (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक 2, 2083
  • 24 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १–दसैं–तिहारमा चेलीहरूलाई निःशुल्क यातायात सेवा दिइने भएको छ । अभावमा गुज्रिरहेका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म मोटरसाइकलबाट निःशुल्क सेवा दिने उद्देश्यले ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गरिने भएको हो ।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैंमा कात्तिक ३, ४, ५ र ६ गते तथा तिहारमा कात्तिक २४, २५ र २६ गते घरबाट माइती र माइतीबाट घरसम्म निःशुल्क रूपमा सेवा दिइने छ ।
उक्त अभियान अन्तरगत ३५ किलोमिटरसम्म सेवा दिइने राईको भनाइ छ । यसका लागि ३५ जना युवाहरूले राइडरको भूमिका खेल्ने राईले सुनाए । यसका लागि अन्जना आचार्य, खियामा राई, निराजन ढकाल, अनिषा रम्तेल र प्रकाश विश्वकर्मा रहेको सचिवालय समेत स्थापना गरिएको छ । यो अभियान दुई वर्षअघिदेखि सञ्चालन गरिदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीहरूले घर–माइती, माइती–घरसम्मको सेवा दिइएको राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित