सुमो दुर्घटना अपडेट : मृत्यु हुने ३ मध्ये एकको पहिचान खुल्यो

  • प्रकाशित मितिः कार्तिक 2, 2083
  • 16 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १–काठमाडौंबाट खोटाङ आउदै गरेको सुमो दुर्घटनामा परी मृत्यु हुने मध्ये एक जनाको पहिचान खुलेको छ । को १ ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्दा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई र १६ वर्षीया काब्या राईको मृत्यु भएको हो । अन्यको दुई जनाको पहिचान खुलेको छैन ।
गएराति २ः३० बजे नागथानस्थित मध्यपहाडीबाट करिब एक सय ५० मिटर तल खसेको थियो । बेपत्ताको नाम ठेगाना समेत नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताए । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा सहित ४ जना घाइते भएका छन् । उनीहरूमध्ये ओखलढुङ्गा घर भएका विश्वकर्मा सहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, उनकी छोरी १२ वर्षीया शिवानी राई र दिक्तेलका १३ वर्षीय अंकित विश्वकर्मा छन् । उनीहरूमध्ये आशिष बेहोस छन् भने सम्झनाको अवस्था गम्भिर छ । सम्झनालाई हेलिकोप्टर मार्फट काठमाडौं लैजाने तयारी भइरहेको गाडीधनी जितराज राईले बताए । अन्यको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जनाए । उक्त गाडीमा १० जना सवार रहेको प्रहरीको भनाइ छ । अत्य विवरण आउन बाँकी छ ।
चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित