खोटाङमा जेष्ठ पत्रकारलाई पेन्सन वितरण

  • प्रकाशित मितिः असोज 26, 2083
  • 24 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २६-नेपाल पत्रकार महासंघ खोटाङले जेष्ठ पत्रकारलाई पेन्सन दिन थालेको छ । खोटाङका जेष्ठ पत्रकार ७२ वर्षीय कृष्ण आचार्यलाई गत साउन महिनादेखि मासिक ३ हजारका दरले ९ हजार रूपैयाँ पेन्सन असोज २६ गते दिइएको हो ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखाको जेठ ९ गते सम्पन्न १२ औं साधारणसभाले जेष्ठ पत्रकार निवृत्ति भरण पेन्सन कोष स्थापना गर्ने र त्यसबाट प्राप्त ब्याजबाट ६५ वर्ष पुगेका जेष्ठ पत्रकारलाई पेन्सन दिने निर्णय भएको थियो । यसका लागि आचार्यको संयोजकत्वमा डम्बरसिं राई, दिलीप खत्री, दमन राई र भीम राईको कार्यदलले जेष्ठ पत्रकार निवृत्ति भरण पेन्सन कोष सञ्चालन गर्ने विनियम तयार पारेको थियो । त्यसका आधारमा आचार्यलाई पेन्सन दिइएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबेला आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित