नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १४–मनाङको हिमलुङ हिउपहिरोमा बेपत्ता भएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका २१ वर्षीय सुरज राईको शव फेला परेको छ । गत असोज ११ गते विहानको हिमपहिरोमा परी बेपत्ता १८ मध्ये राई सहित ३ जनाको शव असोज १४ गते फेला परेको हो ।
राईका बडाबाबु ४४ वर्षीय घनश्याम राईको पनि त्यही हिमपहिरोमा परी ज्यान गएको छ । राईको परिवारकै जेठा दाजु ५१ वर्षीय युवराज राई र अन्तरे भाइ ३८ वर्षीय यसबहादुर राई भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता छन् । हिमलुङ हिमपहिरोमा दुईको मृत्यु र भोटेकोशी बाढीमा दुई जना बेपत्ता भएपछि राई परिवार विक्षिप्त छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार असोज १४ गते सुरज सहित गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश गुरुङ र रुकुम हुकामका ५७ वर्षीय कलम बुढाको शव फेला परेको हो । उनीहरूको शव मनाङ सदरमुकाम ल्याइएको छ । भोलि असोज १५ गते काठमाडौं ल्याइने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । प्रशासनका अनुसार तीनै जना हिमालयन होलिडेजसंग आबद्ध थिए । हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ऐसेलुखर्ककै ४२ वर्षीय लककुमार गुरुङ सहित अन्य ९ जना अझै बेपत्ता छन् । बेपत्तामध्ये हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।
गत असोज १२ गते घनश्याम र वीरेन्द्र गुरुङ तथा असोज ११ गते छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ५–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित