नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १०–नेपाल निर्माण व्यवसायी संघ खोटाङको अध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । असोज १० गते भएको संघको छैटौ जिल्ला अधिवेशनले घिमिरेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उपाध्यक्षमा बरिष्ठ उपाध्यक्षमा उमेश राई, उपाध्यक्षहरूमा जितेन राई र जोसेफ रिजाल, महासचिवमा दिलचक्र राई, सचिवहरूमा सुदीप ढकाल र सविन राई ‘विज्ञान’, कोषाध्यक्षमा दिवासन राई र सहकोषाध्यक्षमा मैया आचार्य छानिएका छन् ।
त्यस्तै सदस्यहरूमा भुवन आचार्य, भैरवकाजी बस्नेत, यादवसेन राई, मनोज राई, नरेन्द्र ढकाल, युवक राई, उद्धव राई, पवनकुमार श्रेष्ठ, सुभास तिलुङ राई, पौराणिक सुवेदी, शरद राई, सन्तोष राई, शिवकुमार राई, राजाराम यादव र टिकाराम श्रेष्ठ चयन भएका छन् ।
यस अवसरमा पूर्वअध्यक्षहरू कुमार आचार्य, कर्णबहादुर खत्री तथा निवर्तमान अध्यक्ष दिनेश पौडेल सम्मानित भएका छन् । अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ५–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–त्रिमूल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–जिल्ला भ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित