नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–भोटेकोशी बाढीमा जेठो दाजु र अन्तरे भाइ बेपत्ता भएको एक महिनापछि माइलो भाइ ४४ वर्षीय घनश्याम राईको पनि मनाङको हिमलुङ हिमपहिरोमा परी मृत्यु भएको छ । भोटेकोशीमा बेपत्ता भएका जेठो दाजु ५१ वर्षीय युवराज र अन्तरे भाइ ३८ वर्षीय यसबहादुर बेपत्ता भएको एक महिनापछि घनश्यामको हिमपहिरोमा परी मृत्यु भएको हो ।
उनीहरू ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क निवासी हुन् । हिमपहिरोमा परी घनश्यामै काइला भाइका छोरा २२ वर्षीय सुरज राई, उक्त वडाकै ४२ वर्षीय लवकुमार गुरुङ सहित १८ जना बेपत्ता छन् । घनश्याम र वीरेन्द्र गुरुङको शव असोज १२ गते फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङले बताए । हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसअघि असोज ११ गते फेला परेका छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।
७ भाइ दाजुभाइमध्ये जेठो र अन्तरे छोरा भोटेकोशीमा बेपत्ता भएको एक महिनापछि माइलो छोराको मृत्यु र नाति (काइलो छोराको छोरा) बेपत्ता भएको खबरले बुवा ७२ वर्षीय हेमबहादुर, आमा ६९ वर्षीया अमृतमायाँ राई रहित उनका परिवार शोकमा डुबेका छन् । घनश्यामका श्रीमती एक छोरी, एक छोरा छन् । भोटेकोशीमा बेपत्ता हुने युवराजको श्रीमती, एक छोरा, एसकुमारको श्रीमती छन् ।
हिमपहिरोमा परेको असोज ११ गते दिउसो साडे ३ बजेतिर थाहा पाएको र शव फेला परेको असोज १२ गते दिउसो थाहा पाएको उनका आफन्त तथा वडासदस्य श्रीकुमार राईले बताए । एक महिनाको अन्तरालमा यस्तो घटना घटेपछि परिवार विक्षिप्त बनेको राईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ५–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–त्रिमूल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित