श्रृङ्खलाबद्ध चोरी

  • प्रकाशित मितिः श्रावण 16, 2076
  • 57 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ–जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं १० अर्खौलेमा श्रृङ्खलाबद्ध चोरी भएको छ । त्यहा“स्थित शैक्षिक संस्था, सहकारी तथा घर पसल गरी चार वटा चोरी भइसकेको छ ।
साउन १४ गते राती सुत्केरी ढुङ्गा साना किसान कृषि सहकारी संस्थाको चार लाख ४० हजार, नौ सय २९ रुपैया“ चोरी भएको छ । दराजमा राखिएको नगद चोरिएको कृषि सहकारी संस्थाका अध्यक्ष किशोरकुमार श्रेष्ठले बताए । चोरी गर्न आएकाले दुई वटा दराज, एउटा टेबल घर्रा लगायत तोडफोड गरेको श्रेष्ठले सुनाए ।
त्यसैगरी त्यहा“स्थित सरस्वती माविमा पनि चोरी भएको छ । उक्त विद्यालयको दुई थान डेक्स्टप कम्प्युटर, एक थान ल्यापटप, प्रमाणपत्र फायल र जन्मदर्ता फायल समेत चोरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए । त्यस्तै ग्रेड भिजन इङ्लिस् बोर्डिङ स्कुलमा पनि तोडफोड भएको छ । उक्त बोर्डिङमा नगद नभएकाले लान नपाएको श्रेष्ठले बताए । यसबाहेक स्थानीय चरिमाया“ राईको घर पनि फोरिएको छ । क्षति विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार हलेसीस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज भुवनबाबु खड्का र जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा खटाइएको प्रहरीले अनुसन्धान गरिरहेको छ । यसबारेमा छिट्टै नतिजा प्राप्त हुने गौतमले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित