खोटाङमा ६९ प्रतिशत मात्र धान रोपाई

  • प्रकाशित मितिः साउन १३, २०७६
  • 1922 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १३–जिल्लामा साउन १२ गतेसम्म ६९ प्रतिशत मात्र धान रोपाइ भएको छ । पानी अभावका कारण धान रोपाइमा समस्या आएको हो ।
लामो समयसम्मको खडेरी र त्यसपछिको झरिले पनि पानीको मुहान नफुटेपछि धान रोपाइ हुन नसकेको किसानहरुले बताएका छन् । कतिपय पालिकाहरुमा ४० प्रतिशत मात्र धान रोपाइ भएको छ । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार दश पालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ४० प्रतिशत, जन्तेढुङ्गा गाउ“पालिकामा ७० प्रतिशत, बराहापोखरी गाउ“पालिकामा ७० प्रतिशत, खोटेहाङ गाउ“पालिकामा ७५ प्रतिशत मात्र रोपाइ भएको छ । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ७० प्रतिशत, साकेला गाउ“पालिकामा ८५ प्रतिशत, केपिलासगढी गाउ“पालिकामा ८० प्रतिशत, ऐसेलुखर्क गाउ“पापालिकामा ७० प्रतिशत र रावाबेसी गाउ“पालिकामा ५० प्रतिशत रोपाइ भएको प्रमुख राईले सुनाए ।
राईका अनुसार खोटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान रोपिन्छ । यसमध्ये अहिलेसम्म आठ हजार नौ सय ४५ दशमलव ३५ हेक्टरमा मात्र धान रोपिएको छ । पानीको मुल नफुट्नु, पानी परे पनि त्यस समयमा धान रोपाइ गर्न नसक्नु, पानी परेर पुनः घाम लाग्नु सुरु हुनु र बिउ समेत हुर्किसकेकाले पूरै धान रोपाइ हुन नसक्ने सम्भावना देखिएको प्रमुख राईले सुनाए । यसले धान उत्पादनमा समेत कमी आउने सम्भावना छ । कतिपय ठाउ“मा सडक निर्माणमा एक्साभेटर प्रयोग गरिएकाले पानीको मुहान सुकेकाले पनि अपेक्षित रोपाइ हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित