बेहाल सडक

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 61 पटक पढिएको
  • संवादताता


सविना अछामे
खोटाङ असार १०– दिक्तेल बजारको सडक अहिले हिलाम्य भएको छ । लगातारको झरीले बजारको बाटो हिलाम्य भएपछि यात्रुलाई सास्ती भएको हो ।
दिक्तेल बजारको विभिन्न ठाउ“मा छिचोल्नै नसकिने हिलो छ । पैदल यात्रु तथा सवारी साधन दुवै यात्रा जोखिम छ । यस बाहेक ठाउ“ ठाउ“मा राखिएका निर्माण तथा अन्य सामाग्रीले झन जोखिम बढेको छ । यसका साथै जथाभावी पार्किङले जोखिम थपिएको छ । विद्यालय लाग्ने र छुट्ने समयमा जोखिम छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने अब छिट्टै सडक बन्ने बताए । ‘दिक्तेलबजारको सडक पिच हुदैछ ।’ नगरप्रमुख रिजालले भने–‘अब भदौबाट टेण्डरको प्रक्रिया सुरु हुदैछ ।’ रिजालले थपे–‘दिक्तेल बजारको सडक पिचका लागि डिपिआर भइसकेको र यसमा करिब दश करोड खर्च हुने छ ।’

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित