तीन महिला हत्यारा अझै पत्तो लागेन

  • प्रकाशित मितिः श्रावण १०, २०७६
  • 983 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ,साउन १०–जिल्लास्थित तीन महिला हत्या काण्डका दोषी अझै पत्ता लाग्न सकेको छैन । खोटाङ गाउ“पालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा र जन्तेढुङ्गा गाउ“पालिकाकी देवी विश्वकर्माको हत्यारा अझै पत्तो नलागेको हो । 
खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी २०७३ माघ २६ गते १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न अझै पत्तो लागेको छैन । सिम्पानी बजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । तामाङको हत्यारा पत्ता लगाउ“न नसकेपछि उनका परिवार विक्षिप्त बनेका छन् । घ ट ्न ा स् थ ल म ा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो । 
खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)लाई आयोगले अनुरोध गरेको थियो । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउ“न उदासीन बनेको गुनासो गरेका छन् । जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशील नबनेको उनीहरुको गुनासो छ । यो घटनाका दोषी पत्ता नलागेपछि स्थानीय झन त्रासित बनेका छन् । दोषी निर्धक्कसाथ हिडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरले गुनासो गरेका छन् ।
त्यस्तै २०७४ साउन ४ गते मृत फेला परेकी जन्तेढुङ्गा गाउ“पालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा ग ा उ “प ा  िलका– ४  ड म् ब र्ख ु  िश व ा ल य  िस् थ त माइतीबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएको दोश्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडक भन्दा करिब पा“च सय मिटर तल फेला परेको थियो । कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो । 
हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा हत्यामा संलग्न पनि अझै पत्तो लागेको छैन । २०७४ जेठ १६ गते स्थानीय गु“रासेडाडा“मुनि मृत फेला परेकी थिइन् । यसबारेमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गौतमले भने अनुसन्धान भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित