बोलबमको अवसरमा २० हजार बढीले गरे हलेसीको दर्शन (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन 25, 2083
  • 101 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २५–विश्व प्रशिद्ध हलेसीमा बोलबमको अवसरमा साउनको अन्तिम सोमबार २० बढी तीर्थालु आएका छन् । नेपाल र भारत लगायत गरी साउन २५ गते सोमबार २० हजार बढी तीर्थालुले हलेसीको दर्शन गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार आइतबार रातीदेखि नै हजारौ तीर्थालुको लाइन लागेको थियो । साउनको अन्तिम सोमबार इतिहासमै पहिलो चोटी यति ठूलो भिड लागेको हो । हलेसीमा भारतको विहार, नेपालको मधेश प्रदेश, कोशी प्रदेश लगायत विभिन्न जिल्लाका हजारौंले दर्शन गरेका हुन् । साउनको पहिलो साता ३ हजार, दोश्रो साता ५ हजार, तेश्रो साता १० हजार तीर्थालु आएका थिए । चौथो साता १५ हजार तीर्थालु आउने आँकलन गरिए पनि २० बढीले दर्शन गरेको गिरीले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित