हलेसीमा ढलको पानी घरमा, स्थानीयलाई सास्ती (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन 22, 2083
  • 37 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २२–हलेसीको ट्राफिक चोकमा ढल थुनिएर घरमा पस्दा स्थानीयले सास्ती खेप्नु परेको छ । मध्यपहाडी लोकमार्ग बनाउने क्रममा लगाइएको ह्युम पाइप थुनिएर बाढी घरमा पस्दा सास्ती खेप्नु परेको हो ।
गत जेठको बाढीले पाइप थुनिएपछि पानी पर्नासाथ भल घरभित्र पस्ने भएकाले विस्थापित हुनु पर्ने अवस्था आएको स्थानीय हरिश्चन्द्र गिरीले बताए । पाइप थुनिएपछि गिरी लगायत सौनक गुरुङ, नवीन गिरी र विना गिरीको घरमा ढलको पानी पस्ने भएपछि विस्थापित हुनु पर्ने अवस्था आएको गिरीको भनाइ छ । पानी पर्ने साथ घरमा बाढी पस्ने भएकाले पानीमा भिज्दै भल छेक्नु पर्ने अवस्था आएको स्थानीय रिता गुरुङले बनाएकी छन् । बाढी घरमा पसेपछि घर नै भासिएको स्थानीय सीता कार्की गिरीले सुनाएकी छन् ।
दुई महिनादेखि स्थानीय सरकार, प्रहरी प्रशासन, शहरी विकास तथा भवन निर्माण आयोजना, मध्यपहाडी लोकमाग, प्रतिनिधिसभा सदस्य आरेन राई लगायतलाई जानकारी गराउदा समेत बेवास्ता गरिएको हरिश्चन्द्र गिरीको दुःखेसो छ ।
शहरी विकास तथा भवन निर्माण आयोजनाको बजेटमा पार्किङ स्थल बनाउदा मध्यपहाडीले राखेको पाइपको निकास जाने ठाउँमा बन्द गरेकाले यो अवस्था आएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं–७ महादेवस्थानका वडाअध्यक्ष कमल गिरीले बताएका छन् ।
शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख सुरोज पौडेलले भने शहरी कावि तथा भवन निर्माण आयोजनाको बजेटले बनाएको संरचनाले एक थोपा पनि पानी नरोकिएको दाबी गरेका छन् । मध्यपहाडीका आयोजना प्रमुख विदुर पोखरेलले हुयुमपाइपको निकास जाने ठाउँमा बन्द गरिएको संरचना हटाइए पुनः ठूलो पाइप राखेर नालीको निकास बनाइने बताएका छन् । एकले अर्कोलाई दोष लगाएर आफूहरूलाई मारमा पारेको गिरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित