खोटाङमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

  • प्रकाशित मितिः असार 20, 2083
  • 104 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–दिक्तेलमा कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा असार २२ र २३ गते कोशी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने असार २० गते होटल शुभदिनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रतियोगितामा खुला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार प्रदान गरिने छ । त्यस्तै चौथो, पाँचौं, छैटौं हुनेलाई क्रमशः ८ हजार, ७ हजार र ६ हजार तथा सातौं, आठौं, नऔं र दशौं हुने खेलाडीलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरिने नेपाल खेलकुद प्रतिष्ठानका सचिव मिलन कसजूले बताए ।
महिलातर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ४ हजार, विद्यार्थीतर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई ५ हजार, ४ हजार र ३ हजार, स्थानीयतर्फ उत्कृष्ट खोटाङलाई ४ हजार र उत्कृष्ट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ३ हजार दिइने छ । त्यसैगरी रेटिङ तर्फ १७०० मनि र १६०० मुनिलाई पनि जनही ४ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । उमेर समूहतर्फ अन्डर १६ प्रथमलाई ४ हजार, अन्डर १२ ३ हजार, हिल च्याम्पियनलाई ४ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सह आयोजकमा कोशी प्रदेश बुद्धिचाल संघ, संयोजन जिल्ला खेलकुद विकास समिति र व्यवस्थापन जिल्ला बुद्धिचाल संघ खोटाङले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित