नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १७–बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जन्तेढुङ्गाा गाउ“पालिका–५ चिसापानीस्थित खानीडाडा“का २५ वर्षीय सन्तोष राई र १८ वर्षीय सन्देश राईलाई एक नाल भरुवा बन्दुक र गोली सहित पक्राउ परिएको असार १७ गते पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
स्थानीय ७३ वर्षीया दिलमाया“ बुढाथोकीलाई लेनदेनको विषयमा भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको भन्ने सूचनाको आधारमा उनीहरूलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए । उनीहरूले असार–१५ गते भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामिछाने नेतृत्वको टोलीले त्यसै दिन पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट करिब ४० मिटर पूर्वतर्फको बारीमा राखिएको दाउराको थुप्रोमा लुकाएर राखेको बन्दुक अवस्थामा एक नाल भरुवा बन्दुक, खैरो रङको ब्रिलिएन्ट लेखिएको ब्यागभित्र डेल्टासाइड २८ लेखिएको सेतो डब्बाभित्र एक सय ४५ वटा फलामको टुक्रा, रातो प्लाष्टिकभित्र कागजमा बेरिएको ४ वटा गोलो आकारको फलाम र कालो प्लाष्टिकभित्र कागजमा बेरिएको अवस्थामा १४ थान सेतो रङको फलामको टुक्रा बरामद भएको हो । उनीहरूलाई ७ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १७–सामुदा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १७–बन्दुक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–पहरा �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार १४–दिक्ते... ... ...
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित