नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १०–साकेला गाउँपालिकाले कूल ४२ करोड ५७ लाख ६५ हजार रूपैँयाको बजेट सार्वजनिक गरेको छ । असार १० गते आयोजित १६ औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि चालु तर्फ २६ करोड ४ लाख ८४ हजार र पूँजीगत तर्फ १६ करोड ५२ लाख ८१ हजार रूपैंयाँको बजेट स्वीकृत गरेको हो ।
गाउँपालिका अध्यक्ष राईद्वारा प्रस्तुत गर्न आह्वान गरिएको बजेट, नीति तथा कार्यक्रमलाई उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट गाउँपालिकालाई प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत ७ करोड ४७ लाख, राजश्व वाँडफाँडबाट ६ करोड ५६ लाख ७१ हजार, सशर्त अनुदान तर्फ १४ करोड ५४ लाख, सशर्त अनुदान पूँजीगत तर्फ एक करोड २१ लाख, संघीय सरकार समपूरक अनुदान तर्फ तीन करोड ५१ लाख, विशेष अनुदान चालु तर्फ एक करोड ९९ लाख प्राप्त हुने बजेट प्रस्तुत गरिएको छ ।
यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख ६९ हजार, सवारी कर वाँडफाँडबाट ५७ लाख नौ हजार १८६, प्रदेश सशर्त अनुदान तर्फ ४२ लाख ६२ हजार, प्रदेश सरकार पूँजीगत तर्फ ७४ लाख ९२ हजार, समपूरक अनुदान पुँजीगत तर्फ दुई करोड ६ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँड बापत दुई लाख, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर बापत दश हजार तथा गाउँपालिकाको प्रक्षेपित राजश्व रकम ३५ लाख, आ.व. २०८२÷०८३ बाट सरेर जाने बैंक मौज्दात तीन करोड ५२ लाख ५१ हजार ८१४ प्रक्षेपित आय अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १०–साकेला �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ९–जैविक वि�... ... ...
यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय, सभाक�... ... ...
यस सम्मानित नगर सभामा उपस्थित आदरणीय नगर उपप्र�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित