नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार २३ –जिल्ला कारागारका एक कैदीले हात्म हत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउ“पालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्म हत्या गरेका हुन् ।
आइतबार बेलुकी सात बजेतिर कारागार प्रशासनले जानकारी गराएपछि घटनास्थल पुग्दा कम्पाउण्डभित्रैको सौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार कारागारभित्र विभिन्न सामान उत्पादनका लागि ल्याइएको डोरीमा झुण्डिएर आत्महत्या गरेको पाइएको हो । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । मृत्युपछि आफन्तलाई झिकाइएको र उनीहरुको जाहेरीपछि पोष्टपार्टम गरी आफन्तलाई शव बुझाइने डिएस्पी गौतमले सुनाए ।
राई कर्तव्य ज्यानमा २०७१ चैत १४ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत खोटाङले २०७२ असार २७ गते दोषी ठहर गर्दै २० वर्ष जेल सजाय सुनाएका थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित