सविना अछामे–
खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियारको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा थप ३ जना पक्राउ परेका छन् । गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न उक्त गाउँपालिका–४ बतासेका २८ वर्षीय हेमन परियार, दिपक राई र ५ सप्तेश्वर छितापोरीका २५ वर्षीय दिपक श्रेष्ठ जेठ १२ गते पक्राउ परेका हुन् ।
उक्त घटनामा संलग्न आरोपमा १६ वर्षीय एक किशोर गत असोज १ गते पक्राउ परेका थिए । एक्लैले उक्त घटना घटाउन नसक्ने भन्दै अन्य पनि संलग्न रहेको भन्दै उच्च अदालत ओखलढुङ्गामा चैत ११ गते आफन्तले जाहेरी दिएका थिए । त्यसै जाहेरीको आधारमा उच्च अदालत ओखलढुङ्गाका न्यायधिसद्वय राज्यलक्ष्मी बज्राचार्य र युवराज गौतमको बैशाख २८ गतेको इजलासले थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् । पक्राउ परेका तीनै जनालाई म्याद थप्ने तयारी भइरहेको बस्नेतले सुनाएका छन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा किशोर बाहेक अन्य संलग्न नरहेको भन्दै प्रहरीले जाहेरी लिन नमानेपछि उच्च अदालत ओखलढुङ्गामा आफन्तले जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–श्रीमती �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ११–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ११–केपिलास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–केपिलासग�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित