सेवाग्राहीको राहदानी घर–घरमा पुर्याउन हुलाकलाई जिम्मा

  • प्रकाशित मितिः जेठ ११, २०८३
  • 84 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा लगाएको छ । गत बैशाख १५ गतेपछि आवेदन दिएका ३७ सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जेठ ११ गते जिम्मा लगाएको हो ।
जिल्ला लिएको राहदानी जेठ १२ गतेदेखि नै सम्वन्ध्ति सेवाग्राहीको घर–घरमा पुर्याउने जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भु तामाङले बताएका छन् । सेवाग्राहीको राहदानी घरमै पुर्याउदा प्रतिव्यक्ति ४५ रूपैयाँ लाग्ने जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखाका दिनेश आचार्यले बताएका छन् । राहदानी लिन जिल्ला आउदा कम्तिमा १–२ हजार खर्च हुने तर घरमै पुर्याउदा टिकट वापतको ४५ रूपैयाँ बाहेक अन्य खर्च जोगिने आचार्यले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित