दिक्तेलको सरस्वती माविले विज्ञान संकायको कक्षा ११ र १२ मा निःशुल्क पढाउने (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख ३१, २०८३
  • 152 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३१–दिक्तेलस्थित सरस्वती माविले विज्ञान विषयमा कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । एसइइ परीक्षा उतीर्ण गर्ने विद्यार्थीलाई लक्षित गरी चालु शैक्षिक सत्रबाट लागू हुने गरी विज्ञान विषयमा कक्षा ११ मा र आगामी शैक्षिक सत्रमा कक्षा १२ मा निःशुल्क पढाउने भएको हो ।
निम्न आर्थिक अवस्थाका विद्यार्थीहरूले विज्ञान विषय पढ्न नसक्ने अवस्था भएकाले उनीहरूलाई लक्षित गरी चालु शैक्षिक सत्रबाट लागू हुने गरी बायोलोजी र कम्प्युटर साइन्स विषयमा कक्षा ११ मा र आगामी शैक्षिक सत्रमा कक्षा १२ मा निःशुल्क पढाइने विद्यालयका प्रअ शिवहरि ढकालले बताएका छन् । खोटाङजस्तो ठाउँमा जो कोहिसंग विज्ञान विषय पढ्न सक्ने आर्थिक हैसियत नभएकाले पैसाकै कारण पढ्न नपाउने अवस्थालाई मध्यनजर गरेर चालु शैक्षिकसत्रबाटै लागू हुने गरी कक्षा ११ र आगामी शैक्षिक सत्रमा कक्षा १२ मा बायोलोजी र कम्प्युटर साइन्स विषयमा निःशुल्क रूपमा पढाउने व्यवस्था गरिएको ढकालको भनाइ छ ।
उक्त विद्यालयमा विगत तीन वर्षदेखि विज्ञान विषयमा पठन–पाठन सुरु भएको हो । उक्त विद्यालय जिल्लाको एक मात्र विज्ञान विषय पठन–पाठन हुने शैक्षिक संस्था हो । नेपाल सरकारले विज्ञान विषय प्रबद्र्धन कार्यक्रम वापत वार्षिक ४५ लाख अनुदान सहयोग दिने भएकाले त्यसले शैक्षिक सामग्री खरिद गर्न पुग्ने हुदा विज्ञान विषय पढ्न चाहने विद्यार्थीलाई निःशुल्क पढाइने ढकालले बताए । कक्षा ११ का लागि बायोलोजी र कम्प्युटर साइन्सको इन्ट्रान्स परीक्षा जेठ ३ गते हुने समेत विद्यालयले जनाएको छ ।
२०८२ को एसइइमा उक्त विद्यालयकी दीपिका श्रेष्ठले सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी ३.८६ जिपिए ल्याएकी थिइन् । त्यस्तै ऐसेलुखर्कस्थित त्रिभूवन माविकी स्पन्दना राईले ३.८३ जिपिए ल्याएर दोश्रो र सरस्वती माविकै डेनिषा अधिकारीले ३.८२ जिपिए ल्याएर तेश्रो भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित