नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–जिल्लामा ६५.४२ प्रतिशतले एसइइ परीक्षा उतीर्ण गरेका छन् । साधारणधारतर्फ ६७.४९ र प्रँविधिक धारतर्फ ३२.४६ प्रतिशतले उतीर्ण गरेका हुन् ।
गत वर्षको तुलनामा यो वर्षको नतिजा सुधार भएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले बताएका छन् । गत वर्ष ५४.६९ प्रतिशत उतीर्ण भएका थिए । विश्वकर्माका अनुसार यो वर्ष साधारण धारतर्फ नियमित दुई हजार ४ सय ५२, प्राविधिक धारतर्फ एक सय ५४ र ग्रेडबृद्धि २ सय ५१ गरी दुई हजार ८ सय ५७ जनाले परीक्षा दिएका थिए ।
दिक्तेलस्थित दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थी जिल्लाकै प्रथम, दोश्रो र तेश्रो भएका छन् । उक्त विद्यालयका अभय सिंहले ३.९५ जिपिए ल्याएर जिल्ला प्रथम, आयुष खनालले ३.९२ जिपिए ल्याएर जिल्ला दोश्रो र रोशन थापाले ३.९१ जिपिए ल्याएर जिल्ला तेश्रो भएका छन् ।
सामुदायिक विद्यालयतर्फ दिक्तेलस्थित सरस्वती माविकी दीपिका श्रेष्ठले ३.८६ जिपिए ल्याएर जिल्ला प्रथम, ऐसेलुखर्कस्थित त्रिभूवन माविकी स्पन्दना राईले ३.८३ जिपिए ल्याएर दोश्रो र सरस्वती माविकै डेनिषा अधिकारीले ३.८२ जिपिए ल्याएर तेश्रो भएकी छन् ।
जिल्लास्थित १३ विद्यालयका शतप्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । मनोकामना जनकल्याण मावि निर्मलीडाडाँ, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेल, पञ्च मावि दिक्तेल, दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेल, सावित्रा मावि बाम्राङ, धिप्लुङ मावि सेम्मा, शान्तोदय मावि ज्यामिरे, सिंहदेवी मावि बोपुङ, शान्ति मावि टेम्मा, ज्योति मावि जालपा, हिलसाइट स्याम्पल एकेडेमी दिक्तेल, हिमालय मावि सोल्मा, युमी स्कुल दुर्छिमका शतप्रतिशत विद्यार्थी उतीर्ण भएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माविले निल खाएको छ । उक्त विद्यालयबाट एसइइ दिने १२ विद्यार्थीले अनुतीर्ण गरेको विश्वकर्माले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
सविना अछामे–खोटाङ, असार १२–जिल्ला खेलकुद विका�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १०–साकेला �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ९–जैविक वि�... ... ...
यस गरीमामय नगरसभाका आदरणीय सभाध्यक्ष महोदय, सभाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित