नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १०-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङद्वारा आगामी बैशाख १८ गते उद्घाटन गर्न तयारी गरिएको यलम्बरको सालिक उद्घाटन कार्यक्रम विवादमा परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक उभौलीको अवसर पारेर साम्पाङद्वारा उद्घाटन गर्ने तयारी गरिए पनि नगरपालिकाको सहमती नहुदा विवादमा परेको हो ।
वडा अध्यक्ष दिनेश राईले बैशाख ९ गते पत्रकार सम्मेलन गरी साम्पाङ लगायत प्रतिनिधिसभा सदस्य आरेन राई, गायक राजेश पायल राई, नायक दयाहाङ राई, कलाकार यलिसा राई लगायतको उपस्थितिमा उद्घाटन गर्ने जानकारी गराएका थिए । तर बैशाख १० गते नगरपालिकामा भएको नगर उपप्रमुख विसन राई लगायत वडाअध्यक्षहरूको छलफलमा प्रदेश र नगरपालिकाको बजेटमा निर्माण भएकाले उक्त योजनाको प्राविधिक रिपोर्ट हेरेर नगरपालिकाले अपन्वत्व लिने र नगरपालिकाकै आयोजनामा उद्घाटन गर्ने योजना बनाइएको नगरउपप्रमुख विसन राईले बताएका छन् । यसका लागि आगामी बैशाख १२ गते कार्यपालिकाको बैठक बसेर आधिकारिक निर्णय गर्ने समेत राईले सुनाएका छन् ।
वडाअध्यक्ष दिनेश राईले भने आफ्नो वडाको योजना भएकाले वडा नै आयोजक हुने बताएका थिए । उक्त सालिक कोशी प्रदेश ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिदा पटक–पटक म्याद थपिदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अबरोध गरेका थिए । कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरिएको थियो । त्यसपछि उद्घाटन रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०-श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–पहिचान�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ८–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–विभिन्�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित