नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–पहिचानवादी पक्षधरहरूको अबरोधले उद्घाटन हुन नसकेको यलम्बरको सालिकको उभौलीको अवसरमा आगामी बैशाख १८ गते उद्घाटन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको एक सय १० फिट अग्लो यलम्बरको सालिक प्रतिनिधिसभा सदस्य हर्क साम्पाङबाट उद्घाटन हुने भएको हो ।
किराती पहिचानलाई नामेट पार्ने गरी १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामाङ्कन गरेकाले त्यसको विरुद्धमा पहिचान विरोधीको हातबाट उद्घाटन गर्न नहुने भन्दै किरात राई यायोक्खा केन्द्रीय कार्यालयले पत्राचार गरेपछि थाँती रहेको उद्घाटन श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङको हातबाट गराउने तयारी गरिएको वडाअध्यक्ष दिनेश राईले बताए । सालिक उद्घाटन बारे सोल्मास्थित शुभम् फाउण्डेसनमा बैशाख ९ गते पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईका अनुसार कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ सांसदहरू र पहिचान पक्षधरहरूको विरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरिएको थियो । अहिले पनि प्रदेश सांसदहरू र ओली, बस्नेत र भट्टराईलाई बहिस्कार कायमै भएकाले साम्पाङबाट उद्घाटन गराउन लागिएको राईले जनाएका छन् ।
साम्पाङको साथमा गायक राजेश पायल राई, नायक दयाहाङ राई लगायतको उपस्थितिमा किराती मुन्दुमी संस्कृति अनुसार उद्घाटन गर्ने तयारी गरिएको वडाअध्यक्ष राईले सुनाएका छन् ।
उक्त सालिक कोशी प्रदेश र स्थानीय तहको करिब ११ करोड ५८ लाख बढीको बजेटमा निर्माण गरिएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते संझौता गरेको थियो । तर बेलामा काम नसकेपछि पटक–पटक म्याद थप गर्दै चालु आर्थिक वर्षमा सकिएको हो । कोशी प्रदेश मुख्यमन्त्री हिकमतकुमार कार्कीले जेठ १८ गते शालिक उद्घाटन गर्ने भनिए पनि यायोक्खाको पत्राचारपछि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–पहिचान�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ८–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–विभिन्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित