ऐतिहासिक तुवाचुङ जायजुम सङ्कटमा

  • प्रकाशित मितिः असार २४, २०७५
  • 3775 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २४–किरात ऐतिहासिकथलो तुवाचुङ जायजुम सङ्कटमा परेको छ । त्यसको मुनि मध्यपहाडी लोकमार्ग खन्ने क्रममा एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएपछि त्यसको कम्पनले पहिरो जादा सङ्कटमा परेको हो ।
गत २१ गते उज्यालो हुन लाग्दा (रातको दुई बजे) बर्खेटार आसपास मध्यपहाडी लोकमार्ग अबरुद्ध हुने गरी पहिरो झरेको थियो । पहिरोले एक दिन यातायात अबरुद्ध पारेको थियो । एक्साभेटर प्रयोग गरेर ढुङ्गा दोहन गर्दा त्यसको कम्पनले सिङ्गो ऐतिहासिक तुवाचुङ जायजुम क्षेत्र नै प्रभावित भएकाले अरु पहिरो झर्न सक्ने देखिन्छ । यसले किरात ऐतिहासिक तुवाचुङ जायजुमको अस्तित्व समाप्त हुने सम्भावना बढेको छ । 
ऐतिहासिक पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न सकिने तुवाचुङ जायजुमप्रति जनप्रतिनिधिहरुको समेत ध्यान नपुगेको स्थानीयको भनाई छ । यसबाहेक तुवाचुङ जायजुम संरक्षण समितिको समेत ध्यान नपुगेको देखिन्छ । सडक खन्ने नाममा ढुङ्गा दोहनमा समेत संरक्षण समितिका केही पदाधिकारीहरुको नाम मुछिएको छ । कमिसनको लोभमा संरक्षण समितिका केही पदाधिकारीहरु फसेको आरोप छ ।
संरक्षण समितिका महासचिव दिनेश राईले भने त्यस्तो नभएको दाबी गरेका छन् । ढुङ्गा सडक निर्माणमा निकाल्ने बारे संरक्षण समितिका अध्यक्ष राकेश राई र महासचिव दिनेश राई सडक निर्माण कम्पनीसंग छलफलमा बसेको बुझिएको छ । यसै आधारमा ढुङ्गा निकालिएको श्रोतले बताएको छ । त्यसपछि एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएको एक स्थानीयले बताए । यसबारेमा संरक्षण समितिका महासचिव दिनेश राईले छलफलमा बसेको स्वीकारेका छन् । यद्यपि लेनदेनको बारेमा शंका नगर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित