नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २६-१० औं खोटाङ जिल्ला सभाले पर्यावरणीय विपत्तिले देशभर माहुरी मरेको ठहर गर्दै तत्काल अध्ययन गरी महामारी नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पारित गरेको छ । माहुरी मरेपछि पर्यावरणमा प्रतिकूल असर पर्ने भएकाले यसले मानव जीवनमा समेत नकारात्मक असर पर्ने हुदा यससम्वन्धी यथासिघ्र अध्ययन गरी महामारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पारित गरेको हो ।
चैतको पहिलो सातादेखि देशभर माहुरीमा महामारी देखिएकाले यसलाई पर्यावरणीय विपत्तिको रूपमा लिदै यथासिघ्र अध्ययन गरी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । माहुरी विकास केन्द्र गोदावरीकी अधिकृत सुरक्षा सुवेदीका अनुसार खोटाङ, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, रसुवा, कास्की, गोर्खा, लमजुङ लगायतका जिल्लाहरूमा माहुरीमा रोग देखिएको छ ।
सुरुमा चल्मलाउन नसक्के, उड्न नसक्ने लक्षण भएको अज्ञात रोगले माहुरी सखाप भएको हो । भाइरसका कारण माहुरी मरेको हुन सक्ने भएकाले भिटामिन सी र भिटामिन बीको चास्नी बनाएर खुवाउनु पर्ने सुवेदीले सुझाएकी छन् ।
यसका साथै बाँदर व्यवस्थापन, जयरामघाटदेखि हलेसीसम्मको ३२ किलोमिटर सडकलाई मध्यपहाडी लोकमार्गको मापदण्डको रूपमा स्तरोन्नति, मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने खोटाङको पङ्खुखोलाको अलपत्र पुल निर्माण, बङ्सिलाघाट, धाप्लाङघाट, फोक्सिङटारको पुल यथासक्य चाडो निर्माण, खोटाङका सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण लगायतको माग गर्ने निर्णय समेत पारित गरिएको जिल्ला समन्वय प्रमुख राईले सुनाएका छन् । चैत २५ गते उद्घाटन भएको १० औं जिल्ला सभा तथा अर्धवार्षिक समीक्षा चैत २६ गते समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–तेश्रो ब�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २७–घरमा पसे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २६-१० औं खोटाङ... ... ...
सविना अछामे–खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लाम�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित