साकेला गाउँपालिकामा गाउँ–गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

  • प्रकाशित मितिः असोज 22, 2083
  • 36 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २२–साकेला गाउँपालिकाले गाउँ–गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । लाभग्राहीलाई सुविधा दिने उद्देश्यले असोज २२ गतेदेखि पायक पर्ने ठाउँमा गाउँ–गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो ।
उक्त गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङका अनुसार असोज २२ गते उक्त गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाडाँको वडा कार्यालय र सेखुवाको डाडाँटोलमा गरी ९१ जनालाई १९ लाख ८२ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । असोज २३ गते उक्त वडाकै डाडाँगाउँस्थित चण्डेश्वरी माविमा, असोज २४ गते वडा नं ३ खिदिमामा, असोज २६ गते वडा नं २ रतन्छामा र असोज २७ गते मात्तिमबिर्तामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने चाम्लिङले जनाएका छन् । वडा नं ४ मात्तिमका लाभग्राहीले भने नेपाल एसबिआइ बैंकको शाखाबाटै सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।


उक्त गाउँपालिकामा एक हजार ३ सय ३४ जना लाभग्राही छन् । यसका लागि पहिलो त्रैमासिकमा एक करोड ३२ लाख निकासा भएको चाम्लिङले सुनाएका छन् । निकासा भएको रकम गाउँपालिकाले आयोजना गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा नेपाल एसबिआइ बैंकका कर्मचारी मार्फत गाउँ–गाउँमा पुगेर वितरण गर्ने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित