हर्क साम्पाङ भन्छन्–‘प्रधानमन्त्री, मन्त्री र सांसदहरूको मापसे, लापसे जाँच गर्नु पर्छ’ (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत १५, २०८२
  • 155 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १५–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री, मन्त्रीहरू र सांसदहरूको मादक पदार्थ तथा लागू पदार्थ सेवन दैनिक रूपमा जाँच्नु पर्ने धारणा सार्वजनिक गरेका छन् । चैत १५ गते विहान ६ बजेर ५३ मिनेटमा साम्पाङको आधिकारिक पेज हर्क साम्पाङ अ रिभोलुसनमा स्टाटस लेख्दै उक्त धारणा सार्वजनिक गरेका हुन् ।
त्यसलगत्तै डिस्कोर्डमा योजना बनाएर जेन्जीलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, गोली चलाउने र सम्पदा जलाउने सबैलाई सरकारले पक्रेर देखाउनु पर्ने समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसबारेमा साम्पाङसंग प्रतिक्रिया माग्दा आफू व्यस्त रहेको बताएका छन् । https://youtube.com/shorts/-hEllXaKrBs?si=ypuInFYWmGrxWyY8

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित