लोचा खोला मोटरेबल पुल शिलान्यास (भिडिओ सहित)

  • प्रकाशित मितिः चैत १४, २०८२
  • 180 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १४–रावाबेसी गाउँपालिकाको लोचा खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ । कोशी प्रदेश पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले चैत १४ गते शिलान्यास गरेका हुन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २ करोड ८९ लाख, ७५ हजार २ सय ८८ रूपैयाँको लागतमा रावाबेसी गाउँपालिका–१ कुभिण्ड र ६ हौचुरको बीचमा पर्ने लोचा खोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । उक्त पुलको ठेक्का आर.के.देन्धुप जेभी सोलुखुम्बुले लिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । २०८४ जेठ ३१ ग्तेभित्र सक्ने गरी २०८२ माघ १३ गते संझौता भएको हो ।
उक्त पुल क्रमागत बजेटमा निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताएका छन् । उक्त पुलका लागि चालु आर्थिक वर्ष एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी अर्को आर्थिक वर्ष उपलब्ध गराइने दाहालले सुनाएका छन् । यसै आर्थिक वर्ष काम सम्पन्न भए पूरै भुक्तानी गर्न सकिने दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित