नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १३–नेपाल पत्रकार महासंघ खोटाङ शाखाको भवन शिलान्यास गरिएको छ । कोशी प्रदेश पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले चैत १३ गते शिलान्यास गरेका हुन् ।
दिक्तेलको रत्नपार्क किरातचौक नजिकै रहेको महासंघको पुरानो भवन भत्काएर नयाँ पक्की भवन निर्माण गर्न लागिएको हो । कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयको २ करोड ६ लाख ४१ हजार ५ सय ४६ रूपैयाँको लागतमा २.५ तलाको भवन सम्पन्न गर्ने गरी मोहन एण्ड ब्यासीगाउँ–सरस्वती जेभीले ठेक्का लिएको हो । २०८४ पुस २३ गतेभित्र सम्पन्न गर्ने गरी २०८२ पुस २३ गते संझौता गरेको थियो । उक्त भवन बहुवर्षीय योजना अन्तरगत निर्माण हुने भएकाले चालु आर्थिक वर्ष एक करोड र आगामी आर्थिक वर्ष बाँकी बजेट उपलब्ध गराइने पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताएका छन् । यसै आर्थिक वर्षमा योजना सम्पन्न भए कार्यालयले बजेटको व्यवस्था गर्ने समेत दाहालले सुनाएका छन् ।
लोकतान्त्रिक व्यवस्थामा पत्रकारहरू व्यवस्थित नभइन्जेलसम्म नागरिकले सुसूचीत हुन नपाउने भएकाले सञ्चार जगतलाई व्यवस्थित बनाउने दायित्व पनि सरकारको हुने भएको हुदा आफू कोशी प्रदेशको मन्त्री भएको बेला नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि बजेट विनियोजन गरेको कोशी प्रदेश पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताएका छन् ।
पूर्वमन्त्री राईले यो भवन नसकिन्जेलसम्म आफूले नियमित अनुगमन गरिरहने र सम्वन्धित कार्यालय पूर्वाधार विकास कार्यालय खोटाङले पनि अनुगमन गर्नु पर्ने आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले पूर्वमन्त्री राईको पहलमा बजेट विनियोजन भएपछि पक्की भवनको काम थालनी भएको बताउदै भवन नसकिन्जेलसम्म अनुगमन गर्ने बताएका छन् । निर्माणमा संलग्न भीषण राईले निर्माण अवधिअघि नै भवन सम्पन्न गरेर बुझाउने गरी काम थालेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–जिल्लाम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–पूर्वाध�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित