दिप्रुङ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३ दिनदेखि विद्युत अवरुद्ध

  • प्रकाशित मितिः चैत 4, 2082
  • 194 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ४–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३ दिनदेखि विद्युत अबरुद्ध भएको छ । गत चैत २ गतेको हावाहुरीले अबरुद्ध विद्युत नबन्दा ३ दिनदेखि अन्धकारमा बस्नु पर्ने वाध्यता आएको हो ।
दिप्रुङ चुइमुम्मा गाउँपालिकाका प्रवक्ता तथा उक्त गाउँपालिका–३ छोरम्बुका वडाअध्यक्ष भूपेन्द्र बस्नेतका अनुसार वडा न–१ याम्खा, २ डाडाँगाउँ, ३ छोरम्बु, ४ बतासे, ५ सप्तेश्वरछितापोखरी, ६ छितापोखरी र ७ टेम्मा गरी करिब ३१ सय घरधुरीले अध्यारोमा बस्नु पर्ने वाध्यता आइपरेको छ । रेग्मीटारदेखि दिप्रुङ चुइचुम्मासम्मको विद्युतको मेन लाइन तथा गाउँपालिकाभित्रका शाखा लाइनहरूमा पनि हावाले क्षति पु¥याएको बस्नेतले जनाएका छन् ।
उक्त क्षेत्रका विभिन्न ठाउँमा रूख ढलेर तार चुडाएकाले मर्मत भइरहेको र उक्त क्षेत्रमा चैत ५ गतेसम्ममा काम सकेर विद्युत चालु गर्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठले बताएका छन् । जिल्लाको विभिन्न ठाउँमा विद्युत बिग्रिएकाले चैत ५ गतेसम्म सक्ने गरी मर्मत भइरहेको समेत श्रेष्ठले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित