सवारी दुर्घटनामा खोटाङको एक जनाको मृत्यु

  • प्रकाशित मितिः चैत 4, 2082
  • 580 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
उदयपुर, चैत ४–मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा टिपरले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक खोटाङको बाराहापोखरी गाउँपालिका–५ का ३० वर्षीय भूूपाल राईको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते राईलाई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि टिपरका चालक फरार रहेका छन् । टिपर भने प्रहरी नियन्त्रणमा छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित