सविना अछामे–
खोटाङ, चैत ४–जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेसीमा एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको छ । चैत ४ गते मध्यन्न १२ बजेर दुई मिनेटमा बालाबेसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोकिएर दुर्घटना भएको हो ।
प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार एअर डाइनेष्टीको 9N-AFQ नम्बरको हेलिकोप्टर दुर्घटना हुदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको खार्तम्छाका वडाअध्यक्ष मिलन राईले बताएका छन् । काजीबहादुर र पाइलट सवीन थापालाई एअर डाइनेष्टीकै 9NANA नम्बरको हेलिकोप्टरबाट मध्यन्ह १२ः ३५ बजे काठमाडौं पठाइएको वडाअध्यक्ष राईले सुनाएका छन् ।
उक्त हेलिकोप्टरमा एक महिनाअघि युकेमा मृत्यु भएकी ८० वर्षीया मनलक्षी राईको अन्त्यष्टिका लागि मृतकका आफन्त आएका थिए । मृतकका श्रीमान ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीमान राई हेलिकोप्टरमा सवार थिए । मृतकको शव भने गाडीमार्फत चैत ५ गते गाउँ आइपुग्ने आफन्तले जनाएका छन् । आफन्तहरू भने सकुशल रहेको वडाअध्यक्ष राईले बतँएका छन् । दुर्घटनालगत्तै पाइलटले हेलिकोप्टर अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार लक्ष्मी राईले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित