नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३–जिल्लाको दिखुवा खोलामा निर्माणाधीन पक्की पुलको काम ढिलासुस्ती भएपछि पूर्वाधार विकास कार्यालय खोटाङले ७ दिनभित्र सुुरु नगरे सम्वन्धित निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफतको प्रक्रिया बढाउने चेतवनी दिएको छ । कार्यालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको बीचमा पर्ने दिखुवा खोलाको पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ७ दिनभित्र काम नथाले बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको हो ।
पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार उक्त पुल निर्माणको ठेक्का लिएको अन्शुवी÷नेपाल फूलबारी÷पिंगला ज्वइन्ट भेन्चर सुनसरीलाई ७ दिनभित्र ‘बैंक ग्यारेन्टी जफत’ गर्नु नपर्ने कारण खुलाउन फागुन २८ गते पत्राचार गरेको हो । यदी ७ दिनभित्र काम सुरु नभए बैंक ग्यारेन्टी जफतको प्रक्रिया बढ्ने दाहालले सुनाएका छन् ।
करिब ३ करोडको लागतमा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीको तर्फबाट बसन्त बुढाथोकीले गत पुस २३ गते सम्झौता गरेको दाहालले बताएका छन् । पुलका लागि आवश्यक करिब दुई करोड बढीको स्टिलका सामग्री भने प्रदेश सडक पुल सहयोग इकाइले उपलब्ध गराएको हो । यो सहित पुलको जम्मा लागत करिब साडे ५ करोडको हुने दाहालले जनाएका छन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाट र प्रदेश सडक पुल सहयोग इकाइ इटहरीको साझेदारीमा दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको हो । अहिलेसम्म उक्त पुलको एकपट्टीको फाउण्डेसन खन्ने काम समेत नसकिएकाले सम्झौता बमोजिम कार्यसम्पादन हुने आधार नदेखिएकाले पत्राचार गरिएको दाहालले बताएका छन् । अधिकांश निर्माण सामग्री निर्माणस्थलमा ल्याइसकिएको तर मेसिन बिग्रिनुका साथै चुनावले समेत काममा ढिलाई भएको निर्माणमा संलग्न रोसन राईले बताएका छन् । मेसिन मर्मत भइरहेकाले बनिनसाथ काम सुरु हुने राईले जनाएका छन् । उक्त पुल दिक्तेल–खानीडाडा“–रेग्मीटार सडक खण्डमा पर्छ । उक्त ठाउ“मा पुल बनेपछि गाइघाट–दिक्तेल सडक अन्तरगत पर्ने राजापानी–विजयखर्क–बुइपा–महुरे हु“दै दिक्तेल आइपुग्नु भन्दा १७ किलोमिटर दूरी छोटिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित