खोटाङमा हावाहुरीले २० लाख बढीको क्षति

  • प्रकाशित मितिः चैत ३, २०८२
  • 143 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३–जिल्लामा हावाहुरीले २० लाख बढीको क्षति भएको छ । चैत २ गतेको हावाहुरीले विभिन्न व्यक्तिको घर, विद्यालय, रेडियोको रिपिटर टावर तथा प्रहरी चौकीको खानेपानी फिल्डर सहित गरी २० लाख ३० हजार बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले जनाए अनुसार खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयको खानेपानीको फिल्टरमा ३ लाख बराबरको क्षति भएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका कमेरेका केशव पराजुलीको ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई तले घरको बरण्डाको छाना उडाउदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । त्यही ठाउ“कै रमेश श्रेष्ठको ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई तले घरको छाना उडाउदा एक लाख ५० हजार, उक्त ठाउ“कै कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको एक तले घरको छाना उडाउदा एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा“ चम्पाकी सुनसरी राईको ढुङ्गा माटोले बनेको ३ तले घरको टिनको छाना उडाउदा दुई लाख ५० हजारको क्षति भएको छ । उक्त वडाकै सिर्जनशील अङ्ग्रेजी प्राथमिक विद्यालयको चार वटा कोठाको टिनको छाना उडाउदा ५० हजार बराबरको क्षति भएको छ । उक्त नगरपालिका–३ बाम्राङ कटवाल गाउ“का पदमबहादुर कटवालको ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई तले घरको छाना उडाउनका साथै पछाडिको तलामाथिको गाह«ो समेत भत्किदा दुई लाख बराबरको क्षति भएको छ ।
उक्त नगरपालिका–१५ विजयखर्क कुमार कामीको ढुङ्गा माटोले बनेको दुई तले घरको छाना उडाउदा तीन लाख बराबरको क्षति भएको, उक्त ठाउ“कै मेघे सार्कीको बा“सको बेरा टिनको छाना भएको एक तले घरको छाना उडाउदा एक लाख बराबरको क्षति भएको, उक्त वडाकै बसेरीका मनोज ढकालको काठको बेरा टिनको छाना भएको निर्माणाधीन घर समेत पूर्ण रूपमा क्षति भएका, उक्त नगरपालिका–४ खाल्ले कात्तिकेका सुगम गदालको ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई तले घरको छाना उडाउदा एक लाख बराबरको क्षति भएको प्रहरीले जनएको छ ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिका–११ राजापनीको सिम्पानीका हितमान परियारको ढुङ्गा माटोले बनेको फुसको छाना भएको दुई तले घरको छाना उडाएको, उक्त ठाउ“कै कुमार ढकालको ढुङ्गा माटोले बनेको टिनको छाना भएको दुई तले घरको छाना उडाउदा एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
उक्त नगरपालिका–८ धितुङको नमूना भन्ज्याङका छविलाल सार्कीको ढुङ्गा माटोले बनेको फुसको छाना भएको दुई तले घर र ढुङ्गा माटोले बनेको फुसको छाना भएको एक तले मतानको छाना उडाएको, उक्त ठाउ“कै कमलबहादुर सार्कीको ढुङ्गा माटोले बनेको घरको छाना उडाउदा ५० हजार बराबरको क्षति भएको छ । उक्त ठाउ“कै मानबहादुर सार्कीको ढुङ्गा माटोले बनेको जस्ताको छाना उडाउदा ३० हजार बराबरको क्षति भएको छ । यसबाहेक हलेसी रेडियोको मुढेस्थित रिपिटर टावर र छाना हावाले लडाउदा रेडियोको प्रसारण बन्द भएको छ । अन्य ठाउ“को विवरण पनि सङ्कलन भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित