नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २–बलात्कारपछि हत्या गरिएकी खोटाङ दिप्रुङ चुइचुम्मा गाउ“पालिका ४ बतासे दिनुवाकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा शुक्ष्म अध्ययन गरी यसमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नु पर्ने भन्दै दलित समुदाय सम्बद्ध संघ संस्थाहरूले माग गरेका छन् । हिङमाङ एकता समाज र परियार पारिवारिक एकता समाजले चैत २ गते प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

गत भदौ ३० गते पञ्चमी बजारबाट घर फर्कने क्रममा दिउसो करिब ५ बजेदेखि साडे ५ बजेको समयमा मार्से सामुदायिक वनको हाकुले भन्ने ठाउँमा बलात्कार गरी हत्या गरिएको र उक्त घटनामा १४ वर्षीय नाबालकलाई पक्राउ गरिएकाले एकलैले त्यस्तो जघन्य अपराध गर्न सम्भव नहुने भन्दै शुक्ष्म अनुसन्धान गरी संलग्नलाई पक्राउ गर्नु पर्ने माग गरेका हुन् ।
त्यस्तै सुर्खेतमा सामुहिक बलात्कारपछि हत्या गरिएकी इनिशा विश्वकर्माको हत्यामा संलग्नलाई उन्मुक्ति दिन उमेर घटाएर नावालक कायम गराउन चलखेल भएकाले किर्ते कागजात प्रमाणबाट अपराधिलाई प्रोत्साहित गर्ने क्रियाकलाप रोकी पीडितलाई न्याय दिलाउनु पर्ने परियार पारिवारिक एकता समाजका अध्यक्ष रमेश परियार, हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ र सचिव कुलमान हिङमाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

रेश्मिकाको हत्यामा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै उनका परिवार तथा आफन्तले माइतीघर मण्डलामा चैत १ गतेदेखि धर्ना समेत बसिरहेको परिवार पारिवारिक समाजका रमेश परियारले बताएका छन् । प्रमुख जिल्ला अधिकारी रेखा क“डेलले रेश्मिका परियार हत्या प्रकरणको बारेमा अनुसन्धान भइरहेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित