खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी

  • प्रकाशित मितिः फागुन 25, 2082
  • 192 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५—प्रतिनिधिसभा सदस्यको चुनावमा खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेद्वार आरेन राई विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार देवबिक्रम राईलाई ३ हजार ८ सय ९८ मतान्तरले ठेगान लगाउदै १६ हजार ६ सय १२ मत ल्याएर जित हात पारेका हुन् ।
देवबिक्रमले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाल कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका थिए ।
त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङले ४ सय ७७, जनता समाजवादी पार्टीका राकेश राईले ३ सय ३७, नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकीले १ सय ८२, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले १ सय ११, स्वतन्त्र उम्मेद्वार तिलकचन्द्र राईले ४३, मङ्गोल नेश्नल अर्गनाइजेसनका प्रयाग राईले ३२, स्वतन्त्र उम्मेद्वार राजकुमार राईले २७, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ र मितेरी पार्टीका केसरमान चाम्लिङले २६ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित