एमाले र नेसपाका १७७ नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश

  • प्रकाशित मितिः फागुन 7, 2082
  • 214 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–नेपाल समाजवादी पाटी (नेसपा)का केन्द्रीय सदस्य साबित्रा राई सहित एमालेका जिल्ला तहका नेताहरू लगायत गरी एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । केपिलासगढी गाउँपालिकाको बाक्सिलामा फागुन ७ गते आयोजित कार्यक्रममा राई सहित एमालेका जिल्ला सदस्यहरू लगायत पनि प्रवेश गरेका हुन् ।
श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार एमाले जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई, एमाले केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल राई, एमाले केपिलासगढी गाउँपालिका–४ का वडाध्यक्ष दिनेश राई, २ का वडाअध्यक्ष डिकबहादुर राई, ७ का वडाअध्यक्ष योमन राई र २ का वडा सचिव अर्जुन राई लगायत एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । उनीहरूलाई श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालले स्वागत गरेको राईले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित