नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–जिल्लाको दक्षिणी क्षेत्रमा पर्नेे बङ्शिलाघाटस्थित सुनकोशी नदीमा अस्यायी बेलिबृज जडानपछि सञ्चालनमा ल्याइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने बङ्शिलाघाटस्थित सुनकोशी नदीमा बेलिबृज जडानपछि माघ २५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाखको बजेटमा गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले जडानको जिम्मा लिएको थियो । उक्त बेलिबृजको लम्बाइ ५१ दशमलव ८१ मिटर लामो छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८७ लाख रूपैयाँमा बेलिबृज खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेपछि जडानका लागि ठेक्का गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनय दाहालले बताएका छन् ।
उक्त बेलिबृज सञ्चालनपछि दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बाराहापोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित