केपिलासगढी गाउँपालिकाका पूर्वअध्यक्ष नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

  • प्रकाशित मितिः माघ २१, २०८२
  • 404 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २०–केपिलासगढी गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । माघ २० गते बाक्सिला बजारमा आयोजित कार्यक्रममा राईसहित २१ जना प्रवेश गरेका हुन् ।
राईका अनुसार एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका २१ जना नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा उम्मेद्वार हरि रोका सहित पूर्व सांसद टंक राई, पूर्व प्रतिनिधिसभा सदस्य रामकुमार राई लगायतले नवप्रवेशीलाई स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित